अपडेट : सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

मेलम्ची, १७ कात्तिक (रासस) : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँक

सुकुटे दुर्घटनाको घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदै
देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा
मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

मेलम्ची, १७ कात्तिक (रासस) :

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनभयो । उहाँका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: