नेपालले चीनलाई कोरोनाको खोपको परीक्षणको लागि अनुमति दिने भएको छ

सांकेतिक तस्बिर काठमाडौँ, भदौ ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि

पीडित परिवारलाई सान्त्वना दिँदै कार्यवाहक मुख्यमन्त्री गुरुङ
ललितपुर मा कर्फ्यू
प्रहरीले चलाएको गोलीबाट झापामा एकको मृत्यु
सांकेतिक तस्बिर

काठमाडौँ, भदौ ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो चरणको ट्रायलको लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिइएको जानकारी दिनुभयो । डा. गौतमले गोरखापत्र अनलाइनसँग कुराकानी गर्नुहुँदै भन्नुभयो, “तेस्रो चरणको क्लिनिकल ट्रायलमा होङ् सीमा कार्यरत चिनियाँ कामदार सहभागी हुनेछन् ।” उहाँले नेपाली नागरिकलाई स्वयंसेवकको रुपमा सहभागी गराउँदा छुट्टै प्रक्रिया भएर जानुपर्ने बताउनुहुन्छ । “तर प्रस्तावकर्ताले आफ्ना नागरिकमाथि परीक्षण गर्ने बताएपछि छोटो अवधिमै स्वीकृति दिइएको हो ।” मन्त्रालयका प्रवक्ता डा. गौतमले प्रष्ट्याउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने होङ् सीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले क्लिनिकल ट्रायल’bout अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जिम्मेवारी दिएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने होङ् सीको प्रस्ताव आएको र त्यसमाथि अध्ययन भइरहेको बताउनुभयो ।

होङ् सीले प्रस्तावसँगै पहिलो र दोस्रो चरणमा प्राप्त नतिजासहितको विवरण मन्त्रालयलाई बुझाएको थियो । सदस्य सचिव डा. ज्ञवालीले भन्नुभयो, “नेपालमा क्लिनिकल ट्रायल हुने भएकोले खोपको प्रभावकारिता र सुरक्षा’bout अध्ययन गर्न जरुरी हुन्छ ।” उहाँका अनुसार क्लिनिकल ट्रायलका लागि नेपाल आउने चिनियाँ विज्ञहरूसँग परिषद्ले भोलि–पर्सि छलफल गर्दैछ ।

होङ् सी सिमेन्ट कारखानाको प्लान्ट नवलपरासीको दुम्कीबासमा छ । करिब चार सय नेपाली कार्यरत सिमेन्ट उद्योगमा चिनियाँ कामदारको सङ्ख्या भने खुलाइएको छैन ।
नेपालमा तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि तीन वटा कम्पनीले इच्छा देखाएको छ । जसमध्ये चीनको होङ् सी, बेलायतको अक्सफोर्ड विश्वविद्यलायको अष्ट्रा जेनेका र रुसको गेमेलिया हुन् । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकिएपनि दोस्रो चरणको लागि विश्वविद्यालयले आफैँ जानकारी गराउने जनाएको छ ।
रुसी खोप निर्माता गेमेलियाको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि रुसी राजदूतसँग समन्वय भइरहेको परिषद्ले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: