फ्रान्सेली नागरिकको मृत्यु

फ्रान्सेली नागरिकको मृत्यु

सोलुखुम्बु, २७ कात्तिक (रासस) : सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्

वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन
कालङ्गा सुरुङभित्र मजदुर थुनिए
दमकमा”बज्रगुरु जप साधना” शुरु,गुरु पद्धम संम्भवको मुर्ती परिक्रममा लामा गुरु र भक्तजनहरु गरि हजारौंको सहभागिता

सोलुखुम्बु, २७ कात्तिक (रासस) :

सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो । इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: