ललितपुर मा कर्फ्यू

ललितपुर मा कर्फ्यू

मछिन्द्रनाथ को रथ तान्नेक्रममा विवाद।

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने
निगमले मङ्सिरदेखि ग्वोञ्जाओ उडान गर्ने
जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

ललितपुर, भदौ १८ ललितपुर पुल्चोकबाट रथ तान्ने क्रममा झडप भएपछी शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानिय जनप्रतिनिधिको साँझ बसेको बैठकले कर्फ्यू लगाइ रथलाई पुल्चोकदेखी ७ सय मिटर अघिसम्म तान्ने निर्णय गरिएको छ । भाद्र २६ गते सम्म बुङमती लैजाने निर्णयपनी गरिएको छ।

बिहीवार पुल्चोकमा रथ तान्न जम्मा भएका स्थानिय र प्रहरी बिच झडप भएको थियो । झडपमा प्रहरी र सर्बसाधारण दुबै तर्फ केही घाइते भएका थिए । किन्बदन्ती अनुसार केही कारणबस मछिन्द्रनाथ देवताको मुर्ती दशैसम्म बुङमती नलगिए भक्तपुर लानु भनिएको छ । आज भएको झडपमा प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई प्रहरीले निएन्त्रणमा लिएको छ। कुटपिट गर्नेहरुमाथि तत्काल कारबाही हुने ललितपुरका एसएसपी टेक प्रसाद राइले जानकारी दिनुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: