हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

तालुकान तालुकान, १४ कात्तिक (रासस - सिन्ह्वा) – अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेन

२ वर्षभन्दा कम समयमै कोरोना महामारी नियन्त्रण हुनसक्ने : डब्लूएचओ
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु

तालुकान

तालुकान, १४ कात्तिक (रासस – सिन्ह्वा) – अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बिहीबार बताउनु भएको छ । हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: