इकमर्स सञ्चालकहरु पक्राउSymbolic Image

इकमर्स सञ्चालकहरु पक्राउ

खाद्यान्न डेलिभरीलाई अत्यावश्यक सेवामा राख्दै निषेधाज्ञाको अवधिमा सञ्चालन गर्न दिने निर्णय गरेको भए पनि प्रहरीले भने खाद्यान्न डेलिभरीमा संलग्न व्यक्ति र इकमर्सका सञ्चालकहरुलाई पक्राउ गरेको छ |

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र
प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको ‘स्पष्टीकरण’ ड्यामेज–कन्ट्रोलको प्रयास भयो : कूटनीतिज्ञ
प्रहरीले चलाएको गोलीबाट झापामा एकको मृत्यु

भाद्र ११, २०७७ काठमाडौँ  | खाद्यान्न डेलिभरीलाई अत्यावश्यक सेवामा राख्दै निषेधाज्ञाको अवधिमा सञ्चालन गर्न दिने निर्णय गरेको भए पनि प्रहरीले भने खाद्यान्न डेलिभरीमा संलग्न व्यक्ति र इकमर्सका सञ्चालकहरुलाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले अनलाइन डेलिभरीको सुविधा दिइरहेका लगभग सबै कम्पनीका प्रतिनिधिरुलाई सडकमा रोकेको छ भने सञ्चालकहरुलाई कार्यालयमै पुगेर पक्राउ गरेको छ । लकडाउनको अवधिमा केकसहित तरकारी र अत्यावश्यक खाद्यान्नको अनलाइन डेलिभरी सुविधा दिइरहेको यूजी केककी सञ्चालिक निकिता आचार्यलाई प्रहरीले बिहीबार ५ बजेतिर कार्यालयबाटै पक्राउ गरेको छ ।

तीनकुनेस्थित प्रहरी कार्यालयबाट खटिएका दुई जना प्रहरीले आचार्यलाई कार्यालयमै पुगेर पक्राउ गरेको हो । ‘तीनकुनेस्थित चौकीमा ल्याएको दुई घण्टा भए पनि कुनै कारण दिइएको छैन,’ कान्तिपुरसँगको टेलिफोन कुराकानीमा आचार्यले भनिन्,‘बिना कारण पक्राउ गरी चौकीमा कुराएर राखिएको छ ।’

उनले अनलाइन डेलिभरी गर्न पाइन्छ भन्ने जिल्ला प्रशासन कार्यालयको भनाइपछि निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सुचारु राखेको भए पनि प्रहरीले एक्कासी पक्राउ गरेको बताइन् ।

अनलाइन डेलिभरीको सुविधा दिइरहेको अन्य कम्पनीका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । खाद्यान्न डेलिभरीको सुविधा दिइरहेको अर्को स्टार्टअप डल्लेका सञ्चालक आलोक योञ्जनलाई पनि प्रहरीले आफ्नो कार्यालय बोलाएको छ । खाद्यान्न स्टोर सेल्सबेरीले अनलाइन डेलिभरीको लागि प्रयोग गरेको सवारी साधन पनि प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।


COMMENTS

WORDPRESS: 0
DISQUS: