प्रहरीले चलाएको गोलीबाट झापामा एकको मृत्यु

ललितपुर मा कर्फ्यू
इकमर्स सञ्चालकहरु पक्राउ
छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास
प्रतीकात्मक तस्बिर

सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका झापा गाउँपालिका-३ का ३८ वर्षीय रफिक आलमको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका-३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो।

स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ। गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएका थिए।सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा गएको सशस्त्र प्रहरी टोलीले आठ राउन्ड गोली चलाएको थियो। प्रहरीले भने आलमको मृत्यु’bout आधिकारिक जानकारी दिएको छैन। गोरु काट्ने व्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अवरोध गर्न खोज्दा झापा गाउँपालिकामा केहीबेर झडप भएको प्रहरीले जनाएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: