झापा,कातिक १९ गते मंगलबार । बौंद्ध धर्ममा गुरु रेम्पोर्छे अर्थात गुरु पद्धम संम्भवको ठूलो महत्व छ । साङ्गे छ्योईलिङ गुम्बाको आयोजनामा दमकस्थ

झापा,कातिक १९ गते मंगलबार । बौंद्ध धर्ममा गुरु रेम्पोर्छे अर्थात गुरु पद्धम संम्भवको ठूलो महत्व छ । साङ्गे छ्योईलिङ गुम्बाको आयोजनामा दमकस्थित साङ्गे छ्योईलिङ गुम्बामा सोमबारदेखि तीन दिने बज्रगुरु जप साधना कार्यक्रम भब्य रुपमा संचालन भएको छ।

साङ्गे छ्योईलिङ गुम्बाका अध्यक्ष एवं कार्यक्रम संयोजक खेन्पो कोन्छ्योग नोर्बु तामाङले बौंद्ध धर्मगुरु पल्युल ल्हाटुल रेम्पोर्छेको प्रमुख आतिथ्यमा नेपालको काठमाडौं,पोखरा लगायतका स्थान,भारतको सिक्किम,दार्जीलिङ,आसाम,ताईवान,हङकङ,क्यानाडा,अमेरिकाबाट गरि बौद्ध धर्म गुरु लामाहरु ७/८ हजारको सहभागिता रहेको पहिलो दिन सोमबार मंगलपाठ,जपसाधना,दोश्रो दिन मंगलबार बिहान ८ बजे लामागुरु सहित भक्तजनहरु गरि १० औं हजारको सहभागितामा दमक नगरपरिक्रमा गुरु पद्धम संम्भव(गुरु रेम्पोर्छे)को मुर्तीले बजार परिक्रमा गरेर १० बजेदेखि बज्र गुरु नृत्य(छ्याम) लगायतका धार्मिक कार्यक्रमहरुको आयोजना गरिएको जनाएका छन् ।

साङ्गे छ्योईलिङ गुम्बाका अध्यक्ष एवं कार्यक्रम संयोजक बौद्ध धर्मगुरु खेन्पो कोन्छ्योग नोर्बु तामाङले कार्यक्रमको तेश्रो दिन भोलि ( बुधबार) बज्र नृत्य(छ्याम) र दिनको १ बजेदेखि बौद्धधर्म गुरु पल्युल ल्हाटुल रेम्पोर्छेबाट सरोकारवाला लामागुरुहरु तथा भक्तजन,सर्वसाधारणको लागि वाङ ( अभिषेक) प्रदान गर्ने कार्यक्रम रहेको जनाउनु भएको छ ।

साभार : तामाङपेज बाट
COMMENTS