धादिङ, १४ कात्तिक (रासस) : धादिङमा आज जिप दूर्घटना भै २३ जना घाइते भएका छन् । दूर्घटना धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्
धादिङ, १४ कात्तिक (रासस) :
धादिङमा आज जिप दूर्घटना भै २३ जना घाइते भएका छन् । दूर्घटना धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा भएको हो । घाइतेहरुको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा लगिएको छ । ग१ज ३०११ नम्बरको बोलेरो जिप कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।
COMMENTS