नदीबाट बिजुली उत्पादन

नदीबाट बिजुली उत्पादन

खलङ्गा, १० मङ्सिर (रासस) : जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण

लकडाउनमा थप कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली
चिसोले प्रहरी चौकी सदरमुकाम सरे

खलङ्गा, १० मङ्सिर (रासस) :

जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो  । “एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भन्नुभयो । आयोजना आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण शुरु भएको थियो । साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताउनुभयो । आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो । आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो । उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ । “उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ”, अध्यक्ष बुढाले भन्नुभयो । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाखमा काम शुरु गरिएको थियो । त्यसपछि सांसद विकास कोषको रु ३० लाख, सूर्य सामाजिक सेवा सङ्घको रु २० लाख र पातारासी गाउँपालिकाको रु ७५ लाख लागेको छ । सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुनेछन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: