प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

काठमाडौँ, ११ मङ्सिर (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भा

उपनिर्वाचन : उम्मेदवार छान्दै दल
होटेल क्‍वारेन्टाइनमा पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरु बस्‍नुपर्दैन : मन्त्री भट्टराई
ललितपुर मा कर्फ्यू

काठमाडौँ, ११ मङ्सिर (रासस) :

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका ’boutमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: