फरार अभियुक्त छ वर्षपछि पक्राउ

जुम्ला, १७ कात्तिक (रासस) : फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं

नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
फ्रान्सेली नागरिकको मृत्यु
बज्रगुरु जपसधनाका केहि दृश्यहरु

जुम्ला, १७ कात्तिक (रासस) :

फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं २०७० मा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए । सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । विसं २०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि सुर्खेत जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । गोप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले चन्दननाथ नगरपालिका– ५ कालेखोलीबाट तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । आज पत्रकार सम्मेलनमार्फत छ वर्षदेखि फरार अभियुक्तलाई सार्वजनिक गरिएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: