म्याग्दी र बागलुङमा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, १५ कात्तिक (रासस) : म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ ब

होटेल क्‍वारेन्टाइनमा पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरु बस्‍नुपर्दैन : मन्त्री भट्टराई
प्रहरीले चलाएको गोलीबाट झापामा एकको मृत्यु
जिल्ला प्रहरी कार्यालयमा १९३ को दरबन्दी खाली

गलेश्वर, १५ कात्तिक (रासस) :

म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेका अर्मनका उमेश सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी बागलुङलगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0