मछिन्द्रनाथ को रथ तान्नेक्रममा विवाद।
ललितपुर, भदौ १८। ललितपुर पुल्चोकबाट रथ तान्ने क्रममा झडप भएपछी शुक्रबार बिहान ४ बजेदेखी राती १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानिय जनप्रतिनिधिको साँझ बसेको बैठकले कर्फ्यू लगाइ रथलाई पुल्चोकदेखी ७ सय मिटर अघिसम्म तान्ने निर्णय गरिएको छ । भाद्र २६ गते सम्म बुङमती लैजाने निर्णयपनी गरिएको छ।
बिहीवार पुल्चोकमा रथ तान्न जम्मा भएका स्थानिय र प्रहरी बिच झडप भएको थियो । झडपमा प्रहरी र सर्बसाधारण दुबै तर्फ केही घाइते भएका थिए । किन्बदन्ती अनुसार केही कारणबस मछिन्द्रनाथ देवताको मुर्ती दशैसम्म बुङमती नलगिए भक्तपुर लानु भनिएको छ । आज भएको झडपमा प्रहरीमाथि कुटपिट गर्ने १० जनालाई प्रहरीले निएन्त्रणमा लिएको छ। कुटपिट गर्नेहरुमाथि तत्काल कारबाही हुने ललितपुरका एसएसपी टेक प्रसाद राइले जानकारी दिनुभएको छ ।
COMMENTS