प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको ‘स्पष्टीकरण’ ड्यामेज–कन्ट्रोलको प्रयास भयो : कूटनीतिज्ञ

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको ‘स्पष्टीकरण’ ड्यामेज–कन्ट्रोलको प्रयास भयो : कूटनीतिज्ञ

असार ३१, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपाल

सङ्ग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै
‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने
पीडित परिवारलाई सान्त्वना दिँदै कार्यवाहक मुख्यमन्त्री गुरुङ

असार ३१, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको’ भनेकामा चौतर्फी आलोचना उब्जिएपछि परराष्ट्र मन्त्रालयले यो भनाइ ‘राजनीतिक विषयसँग सम्बन्धित नभएको’ भन्दै स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ ।

भानु जयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । मंगलबार अपराह्न परराष्ट्रले तीनबुँदे विज्ञप्ति निकाल्दै ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको’ जनाएको छ । ‘श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न किंवदन्ती र सन्दर्भहरू रहेको पाइन्छ । प्रधानमन्त्रीले यो क्षेत्रको गहन सांस्कृतिक भूगोलको अध्ययन–अनुसन्धानले श्रीराम, रामायण र यहाँ जोडिएको धनी सभ्यताका ’boutमा तथ्यहरू पहिल्याउन सकिने’bout बताउनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको विशेषता र सांस्कृतिक महत्त्वलाई अवमूल्यन गर्नका लागि नभएको समेत उल्लेख गरिएको छ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने अयोध्यामा त्रेतायुगमा भगवान् रामको जन्म भएको र रामराज्य रहेको विश्वास हिन्दु धर्मावलम्बीले गर्दै आएका छन् । सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट सीताको जन्मभूमि नेपालको जनकपुरसम्म हरेक वर्ष जन्ती आउने परम्परा छ । यही परम्पराअनुसार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई वर्षअघि जनकपुर–अयोध्या यात्रु बस सेवालाई महत्त्वका साथ उद्घाटन गरेको परराष्ट्रले स्मरण गराएको छ । दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले उच्च महत्त्वका साथ लिने गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

भारतको अयोध्यामा मुगलकालदेखि बाबरी मस्जिदसमेत रहेको थियो, जसका कारण हिन्दु–मुस्लिम धार्मिक द्वन्द्व रहँदै आएको थियो । तर २०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च न्यायालयले यो विवादित भूमिमा राम मन्दिर निर्माण गर्ने फैसला सुनाइसकेको छ ।

‘ड्यामेज कन्ट्रोल’

कूटनीतिक मामिलाका जानकारहरूले प्रधानमन्त्रीको तहमा ‘बोलीको ठेगान’ नहुँदा गल्तीहरू थपिँदै गएको प्रतिक्रिया दिएका छन् । ‘परराष्ट्र मन्त्रालयले स्वाभाविक रूपमा निर्देशनअनुसार ड्यामेज–कन्ट्रोल गर्न चाहेको देखिन्छ,’ भारतका लागि एक पूर्वराजदूतले कान्तिपुरसँग भने, ‘लिपुलेक–लिम्पियाधुरा सिमानाको बहस र द्विदेशीय संवादहीन अवस्थाका माझ भारतमै धार्मिक विवादको केन्द्रमा रहेको अयोध्या भूमिलाई लिएर भावनात्मक चोट पुग्ने कुरा गरेपछि यो स्थिति आएको देखिन्छ । यसबेला प्रधानमन्त्रीभन्दा पनि उनका ’round रहने सल्लाहकारहरूको भूमिकामा प्रश्न गर्नुपर्ने देखिन्छ ।’

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले पछिल्ला महिनामा भारतसँग देखिएको विवादजन्य मामिलामा भारतीय पक्षबाट सहसचिव तहका कर्मचारीले पनि प्रतिक्रिया दिन आनाकानी गरिरहेका बेला नेपालका प्रधानमन्त्रीले लगातार जवाफ फर्काइरहनु त्यति सहज नरहेको बताए । ‘भारतमा कुनै मुख्यमन्त्रीले बोलेको कुरामा हाम्रा प्रधानमन्त्रीले संसद्मा गएर जवाफ दिनु त्यति सुहाउँदो देखिएन, अहिले पनि सीमावर्ती अरू मामिला र मुद्दा थाती रहेकै बेला विवाद निम्त्याउने अर्को अप्रमाणित विषयमा प्रधानमन्त्रीले बोल्नुको अर्थ थिएन,’ उनले भने, ‘आपसी वार्ता र संवादको वातावरण बनाउनेभन्दा बिगार्ने काम भइरहेको देखिन्छ ।’ एक जना मुख्यमन्त्रीले बोलेको कुरामा मिडियामा जवाफ फर्काउन आफूले समेत नचाहेको उदाहरण दिँदै आचार्यले प्रधानमन्त्रीले जेमा र जहिल्यै पनि बोल्न चाहनु स्वाभाविक नदेखिएको बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: